सोमबार आकाशमा दुई घण्टा फन्को मारेको बुद्ध एअरको जहाजले आजै गर्यो ३ उडान

SHUSHIL SHAHI
By -
1

 काठमाडौं। प्राविधिक समस्या देखिएको भनेर सोमबार करीब दुई घण्टा आकाशमा फन्को मारेको बुद्ध एअरको जहाज मंगलबार बिहानैबाट संचालनमा आएको छ ।

कम्पनीका एक अधिकारीका अनुसार सोमबार काठमाडौं विमानस्थलमा अवतरण भएसँगै बुद्ध एअरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले जहाजको जाँच गरेका थिए । चेकजाँचका क्रममा जहाजमा ‘गडबडी नभएको’ पुष्टि भएसँगै प्राधिकरणले उडान अनुमति दिएको उनले बताए ।



सोमबार बिहान ७३ यात्रुलाई लिएर काठमाडौंबाट विराटनगर उडेको सो जहाज अवतरण गर्ने क्रममा एक इन्डिकेटरले दायाँतर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको थियो । आकाशमा करीब दुई घण्टा फन्को मारेको शो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने सामान्य अवस्थामा अवतरण गरेको थियो ।

सोमबार अवतरणलगत्तै प्राविधिकले जहाजको मिहिन रुपमा चेकजाँच गर्नुभयो’ एक अधिकारीले भने, गडबडी नभएको पुष्टि भएसँगै जहाजले उडानको अनुमति पाएको हो । उनका अनसार शो जहाजले मंगलबार ३ उडान गरिसकेको छ ।

Tags:

Post a Comment

1Comments

Post a Comment